सुनसरी । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ७ गते सभामुख र उपसभामुख ९ गते भित्रसम्ममा निर्वाचन गर्न सहमत जुटेको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको राजनीतिक दलहरूको आजको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।
‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।