सुनसरी । नियम विपरीत बनेका संरचनामा इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ ।
आज शुक्रबार इटहरी ९ स्थित विराटनगर लाइनमा उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्र रहेको एक भवनमा डोजर चलाएको हो ।
उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेल, वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का लगायतको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो ।
६ लेन सडक परियोजनाको निर्माणको सडक क्षेत्राधिकारभित्र रहेका भवनले काम गर्नका लागि असर पुर्याउँदै आएको कारण उक्त भवनमा पहिलोपटक उपमहानगरले डोजर चलाएको हो ।
सार्वजनिक सडकको क्षेत्राधिकार भित्र पर्ने जग्गा ओगटेर बनाएका भवनहरूलाई अब नियमित रूपमा पैरवि गर्दै नियम विपरितका भवन वा संरचनालाई भत्काउने नगर प्रमुख पौडेलले जानकारी दिए ।
नगरप्रमुख पौडेल स्वयम् उपमहानगरका दुईवटा डोजरसहित भवन भत्काउन उपस्थित थिए । उपमहानगरले यस अघिनै सूचना जारी गरेपनि चासो नदेखाएपछि भवन भत्काइएको नगरप्रमुख पौडेलले जानकारी दिए ।