सुनसरी । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ सम्म रहने र जसको ४ दिन अगावै निर्वाचन गर्ने तयारी गरिएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तय गरिएको छ भने उपराष्ट्रिपतिको त्यसको ८ दिन पश्चात अर्थात चैत्र ३ गते गर्ने मिति तय भएको हो ।