आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम तयारी सम्पन्न भएको र निर्धक्क साथ आफ्नो मतदान गर्न आयोगका प्रवक्त तथा उपसचिब ऋषिराम भुसालले बताएका छन् ।
निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी सकिएको र हरेक मतदान स्थलमा मतदान अधिकृत तथा सुरक्षाकर्मी परिचालन गरी सकेको जानकारी दिए ।
उनले भने, ‘आगामी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ र निर्वाचन स्थलमा निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी खटाइसकेको छ ।’
साथै आयोगले तोकेका ६ प्रकारका परिचयपत्रका आधारमा मतदान गर्न सकिने भएकाले सोही अनुसार आफ्नो निर्वाचन गर्ने अधिकारलाई सुनिश्चित गर्दै निर्धक्क आफ्नो मतदान गर्न मतदातमा अनुरोध गरेका छन् ।