आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटाइएका २ निर्वाचन कर्मचारीको मृत्यु भएको छ ।
सोलुखुम्बुको फुर्के सामुदायिक वन उपभोक्ता समुहको मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा खटाइएका सर्लाही हरिपुरुवा–६ का बिल्टु राय तथा साँघुरीगढी गा.पा. ३ सिद्धेश्वर आवसिय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाइएका साँधुरीगढी–४ की पवित्रा लिम्बुको मृत्यु निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शनिबार शोक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।
रायको शनिबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेको तथा शुक्रबार स्वास्थ्य अवस्थामा समस्या आएर उपचार गराउने क्रममा मृत्यु भएको आयोगले जनाएको छ ।
उक्त घटना प्रति शोक व्यक्त गर्दै निर्वाचन कार्यमा खटिएका सम्पूर्ण कर्मचारी तथा सुरक्षकर्मीहरुको स्वास्थ्य सुरक्षा तथा व्यक्तिगत सुरक्षामा कुनै कसर बाँकी नराख्न गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायहरुलाई अनुरोध गरेको छ ।