सुनसरी । मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान समाप्त भएसंगै सोमबार सुनसरी स्थित भगवती माविमा मतगणना कार्य सुरु भएको हो ।
लोक्तान्त्रीक बाम गठबन्धनका नेपाली कांग्रेसका प्रत्यक्ष प्रतिनिधिसभा सदस्य तर्फका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की तथा नेकपा (एमाले)का उम्मेद्वार जगदिश प्रसाद कुसियत रहेका छन् ।
सुरुवाती अवस्थामा कार्कीले १ सय ८५ मत प्रप्त गर्दा कुसियतले १ सय ३१ मत प्रप्त गरेका छन् । सुनसरी क्षेत्र नं. ४ मा कार्की र कुसियतको चुनावी प्रतिस्पर्धामा बिशेष ध्यानाकर्षणका साथ हेरिएको छ ।
सर्वदलीय बैठकको निर्णयानुसार दिउँसो १ः३० बजेदेखि सुरु गरिएको मतगणना कार्य वडागत रुपमा भइरहेको हो ।