सुनसरी । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उम्मेद्वार तथा पूर्व मुख्यमन्त्री भीम आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापालाई पछिपार्दै १ सय ५७ मतान्तरले अग्रता लिएका छन् ।
एमालेका आचार्यले ११ हजार ६० मत ल्याउदा रास्वपाका थापाले १० हजार ९ सय ३ मत प्रप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रीक बाम गठबन्धनका सिताराम मेहेताले ८ हजार ३ सय ६७ मत प्रप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
हालसम्म इटहरी उप-महानगरपालिकाको ७ वटा वडा तथा देवानगंज गाउँपालिकाको २ वटा वडाको कुल ३७ हजार ८ सय २ मतगणना हुँदा आचार्यले पहिलो स्थानमा पुग्न सफल भएका हुन् ।