सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद लिङ्देन निर्वाचित भएका छन् ।
कांग्रेसका सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन दोस्रोपटक विजय हुन सफल भएका हुन् ।
अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत मात्र प्राप्त गरे ।