सुनसरी । प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले धरान उपमहानगरपालिका १५ श्यामचोकबाट पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१५ का ३४ वर्षीय किशोर परियार र धरान–३ का २७ वर्षीय वीरवल प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न प्रकारको प्रतिबन्धित लागूऔषधलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुवैलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।