सुनसरी । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा हालसम्म नेकपा (एमाले)का उम्मेद्वार भीम आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापालाई ९ सय ५९ मतान्तरले पछाडी पादै अग्र स्थानमा यथावत रहेका छन् ।
रास्वपाका थापाले १० हजार ९ सय ८४ मता ल्याउदा एमालेका आचार्यले ११ हजार ९ सय ८४ मतले अग्रता लिएका हुन् । त्यस्तै लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सिताराम मेहताले ९ हजार २ सय २५ मत प्रप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
हालसम्म इटहरीका ७ वटा वडा र देवानगंजका ३ वटा वडाहरुको मतगणना सम्पन्न भएको छ । उक्त मतगणनाको अवधीसम्ममा एमालेका आचार्यले ९ सय २४ मत ल्याएर अग्रता लिइरहँदा दोस्रो स्थानका थापाले ८१ मत प्रप्त गरे । त्यस्तै कांग्रसका मेहेताले ८ सय ८८ प्रप्त गर्दै मतान्तर कम गरेका छन् ।