सुनसरी । गत मंसिर ४ गते भएका प्रतिनिधिसभा सदस्य चुनावको मतगणना कार्य सुनसरी क्षेत्र नं. ३ मा जारी रहेको छ ।
नेकपा एमाले नेतृ भगवती चौधरीले कांग्रेसका विजयकुमार गच्छदारसंग ४ हजारको मतान्तर राख्दै अग्रता कायमै राखेकी छन् ।
हाल सम्म भएको ४३ हजार ३ सय ७७ मत गणनामा चौधरीले १८ हजार ४५६ मत प्राप्त गरेकी छन् । जसमा गच्छदारले भने १३ हजार ९३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार ६३१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । सुरुवाती अग्रता लिएका मैनालीलाई पछि पार्दै चौधरीले अग्रता लिएकी हुन् ।
करिब ४२ हजार मतगनणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ ले जनाएको छ ।