सुनसरी । १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ ।
गत मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका–२ बसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको पिडितले उजुरी प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीसँगै खोजिकार्य जारी राखेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका बिषयमा थप आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।