सुनसरी । सुन्दरहरैचा नगरपालिका–७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीय बृद्धको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानिय बलबहादुर कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
बिहिबार बिहान बाटो क्रस गर्ने क्रममा को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो ।
सोही घटनाबाट घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ । साथै घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।