झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगंगा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मंसिर २० गते राति २७ वर्षीय महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।
जबरजस्ती करणी गर्ने स्थानीय वर्ष २७ को पप्पु हरिजनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार हरिजनले झारफुक गरी रोग निको पार्ने भन्दै उपचारका लागि बोलाएका थिए ।
मानिस नभएको मौका छोपी रातको समयमा एकान्तमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । हरिजनले यस अगाडि पनि यस्तो घटना गराएको हुन सक्ने भन्दै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।