Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

लामिछानेको नागरिकता छानबिन गर्न मन्त्रालयद्वारा प्रहरीलाई निर्देशन

नागरिकताको विषय कानुनानुसार नै रहेको तर राहदानीमा प्रयोग गरेका कागजात र विवरण शंकास्पद

खबरबिट by खबरबिट
18/12/2022
in समाचार
0
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचा पत्र सार्वजनिक गर्दै
9
SHARES
237
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान कार्य जारी रहेकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको छ । सभापति लामिछानेको नागरिकता सम्बन्धी उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो । जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले प्राप्त पत्रका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

प्रहरीले लामिछानेविरुद्ध सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार लामिछानेको नागरिकताको विषय कानुनानुसार नै रहेको तर राहदानीमा प्रयोग गरेका कागजात र विवरण शंकास्पद देखिएको हाे ।

प्रहरीले यसबारे अमेरिकी दूतावास र अरू निकायलाई पत्र लेखिसकेको छ । उक्त पत्रको जवाफ भने हालसम्म आइनसकेकाे प्रहरीकाे भनाइ छ ।

लामिछानेको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । उनी प्रतिनिधिसभा सदस्यको उमेदवार बन्दा पेस गरेको नागरिकता नै अवैध रहेको भन्दै निर्वाचन आयोगमा समेत उजुरी परेको थियो । आयोगले नागरिकताको विषय आफ्नो कार्यक्षेत्र नभएको जनाएको छ ।

लामिछानेमाथि सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट आफैँसँग राखेर सन् २०१५ मा नै नेपाली पासपोर्ट लिएको आरोप लाग्दै आएको छ । उनले खारेज भएको नागरिकता नै प्रयोग गरिरहेको बताइएको छ । प्रहरीले भने अनुसन्धान पूर्ण नभएसम्म यसबारे नबोल्ने जनाएको छ ।

लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गराइएको छ । गएको बुधबार युवराज सफलले रिट दायर गरेका हुन् ।

रिटमा लामिछाने, निर्वाचन आयोग, राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला प्रशासन कार्यलय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ । यसको प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलासमा आउँदो पुस ६ गते पेसी तोकिएको छ ।

सफलले नै यसअघि लामिछानेले नेपालको नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै निर्वाचन अधिकृतसमक्ष उजुरी समेत गरेका थिए ।

Tags: Bannerअनुसन्धानजिल्ला प्रहरी परिसर काठमाण्डाैंनागरिकता विवादरवि लामिछाने

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको ढुवानी खर्चमा बृद्धी

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको ढुवानी खर्चमा बृद्धी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.