सुनसरी । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा ८ देखि १० प्रतिशत बढाएको छ ।
सञ्चालक समितिको चार वर्षअगाडिको निर्णय कार्यान्वयन गर्दै इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको हो ।
देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउनेछन् ।
स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगञ्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढेको छ ।