सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सार्वजनिक रूपमा माफी मागेका छन् ।
मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा उनले दलित समुदायको मानमर्दनमा चोट पुर्याउनेगरी ‘चमारे’ शब्द लेखेपछि विवादमा तानिएका थिए ।
विवाद उत्कर्षमा पुगेपछि मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कुनै पनि समुदायलाई ठेस पुर्याउने आफ्नो निहित उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।