सुनसरी । धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहिबार दिउसो ३ बजे को ३२ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका धरान–१९ का ४३ बर्षीय विरेन्द्र लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।