उदयपुर । त्रियुगा नगरपालिका–१५ ज्यामिटार स्थितमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् ।
मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकी छन् । बिहिबार बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागि घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाईते भएका थिए ।
घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।