सुनसरी । भद्रपुर नगरपालिका-१ संगम टोल स्थितमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
हिजो दिउसो भद्रपुर-१ का बिजय लिन्बुको १७ महिनाको छोरा ईन्छु हाङ लिम्बु खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबी मृत अवस्थामा फेला परेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।