नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् ।
सत्तारुढ गठबन्धनको बैठकमा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेपछि प्रचण्ड ‘गठबन्धनको औचित्य सकिएको’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।
बालुवाटारबाट ‘लञ्च ब्रेक’ का लागि आफ्नो निवास खुमलटार पुगेका प्रचण्डले माओवादीका नेताहरुसँग छलफलसमेत गरेका थिए । छलफल पछि उनी बालकोटतर्फ लागिएका हुन् ।