सुनसरी । विभिन्न ससाना राज्य एकिकरण गरेर सिङ्गो नेपाल राज्य स्थापना गर्ने श्री ५ पृथ्वी नारायण साहको ३०१ औ जन्मजयन्ती रामधुनीमा मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रामधुनी नगर समितिको आयोजनामा भएको ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकिकरण दिवसको अवसरमा रामधुनी वडा नं. १ को सेल्फी पुल नजिक आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, प्रहरी लगायत स्थानियको बाक्लै उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका सुनसरी क्षेत्र नं. २ का सदस्य अनिष ढकालले राष्ट्रिय एकिकरणमा पृथ्वी नारायण साहले गरेका आतुलनिय कार्यहरुको विषयमा सम्पूर्ण आम जनमानसले जानकारी पाउनु पर्ने तथा इतिहासको पानाका महारथिका रुपमा रहेका साहको जीवनगाथा समग्र जनतामा हेक्का राख्नुपर्ने बताएका हुन् ।
“हामीले राष्ट्रिय एकिकरणमा पृथ्वी नारायण साहले गरेका अतुलनिय कार्यका विषयमा आम जनतामा जानकारी गराउदै इतिहासका महारथि श्री ५ पृथ्वीनारायण साहको जीवन र उनले गरेको नेपाल एकिकरणका गाथाहरुका विषयमा समग्रमा जनमानसमा हुन आवश्यक रहेको,” उनले भने, “हामी राष्ट्रिय एकिकरणका महारथी साहलाई विर्शनै हुँदैन ।”
उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनसरी क्षेत्र नं. २ का क्षेत्रीय सदस्य तथा रामधुनी नगर कमिटिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।