Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

सञ्चित हुँदै भूकम्पीय शक्ति, उपत्यकामा ठूलो भूकम्प जाने खतरा

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
15/01/2023
in पत्रपत्रिका, मुख्य समाचार, समाचार
0
सञ्चित हुँदै भूकम्पीय शक्ति, उपत्यकामा ठूलो भूकम्प जाने खतरा
67
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौँको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

उहाँले प्रस्ट्याउनुभयो, “काठमाडौँ उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौँमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।”

त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताउनुभयो । उहाँका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ ।

नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ । त्यसको असर काठमाडौँमा पनि प-यो तर काठमाडौँदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् ।

विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ ।

काठमाडौँमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए । अब आउने अनुमान गरिएको भूकम्प काठमाडौँ र पूर्वी भेगमा मध्यम स्तरका भूकम्प आएर त्यो शक्ति बिस्तारै तराई हुँदै बाहिर निस्कन्छ वा एकै पटक ठूलो विपत् आउँछ त्यो भने भविष्यकै गर्भमा रहेको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला बताउनुुहुन्छ ।

तुलनात्मक रूपमा सिन्धुपाल्चोक, गोरखा, धादिङको अनुपातमा काठमाडौँ केन्द्रबिन्दु भएर साना भूकम्प एकाधमात्र गइरहेका छन् । उहाँका अनुसार काठमाडौँमा ठूलो भूकम्प जाँदा क्षति बढी हुन सक्छ ।

गोरखा भूकम्पकै मापनको भूकम्प आयो भने त्यसबेला हल्लाएको भन्दा झन्डै दस गुणा बढी जमिन हल्लने भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । उहाँले यसअघि काठमाडौँमा भूकम्पीय जोखिमका विषयमा छुट्टै अध्ययन गर्नुभएको छ । उहाँका अनुसार गोरखा भूकम्पको शक्ति नेपालको पश्चिमतर्फ सर्नुपर्ने थियो तर उत्तरी भेग हुँदै काठमाडौँ आइपुगेर थामिएका कारण यहाँ शक्ति जम्मा भएको हो ।

मध्य क्षेत्रसँगै गोरखादेखि पश्चिमतर्फको नेपालको भू–भागमा पनि सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । भारतीय प्लेटले युरासियन प्लेटलाई तल पारेर सर्नेक्रममा गोरखादेखि भारतको देहरादुनसम्मको भू–भागमा जम्मा भएको शक्ति बाहिर निस्कनेगरी त्यस भेगमा अर्को भूकम्प जान सक्ने अनुमान भूकम्पविद्हरूले गरेका छन् ।

नेपालको पूर्वतर्फ पनि करिब पाँच सय वर्षदेखि ठूलो भूकम्प गएको छैन । तथापि त्यस क्षेत्रमा मध्यमस्तरका भूकम्प दोहोरिएकाले उपत्यकाभन्दा जोखिम कम रहेको अनुमान गरिन्छ । यो समाचार गोर्खापत्र दैनिकले आजको समाचारको पहिलो पृष्ठमा छापेको छ ।

Tags: Bannerकाठमाडाैं उपत्यकाराष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
७२ यात्रु सवार यती एयरलायन्सको विमान सेती खोंचमा दुर्घटना

७२ यात्रु सवार यती एयरलायन्सको विमान सेती खोंचमा दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.