सुनसरी । आज विहान ७२ जना सवार रहेको यती एयरलायन्सको विमान पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको छ ।
स्रोतका अनुसार चालक दलका सदस्य तथा यात्रुहरुको सूची अनुसार उक्त विमानमा यात्रा गर्ने ७२ मध्ये १५ जना विदेशी नागरिक तथा ३ जना बालबालिका रहेको जनाइएको छ ।
६८ जना यात्रु तथा चार जना चालक दलका सदस्य लिएर काठमाण्डौंबाट पोखराका लागि उक्त विमान उडेको थियो ।
साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ साथै उक्त दुर्घटनामा परेका अन्य यात्रुहरुको पनि थप उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
विमानमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका स्रोतले जनाएको छ ।