इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार जीबन पराजुलीले आफू सबै व्यवसायीको साझा उम्मेदवार रहेको बताएका छन् । आज(मङ्गलवार) इटहरीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले यस्तो बताएका हुन् ।
आफूले सम्हालेका संस्थालाई सफल नेतृत्व प्रदान गरेको बताएका पराजुलीले इटहरीका व्यवसायीको हरेक समस्या समाधान गर्नका लागि आफ्नो टिम सक्षम रहेको उल्लेख गरे ।
आगामी माघ २८ गते हुने निर्वाचनका लागि पाँचजनाको उम्मेदवारी परेको छ । जसमध्ये हालका महासचिव समेत रहेका पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पराजुलीलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
पराजुलीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी तथा स्वतन्त्र व्यवसायी सङ्गठनले साथ दिएका छन् ।
उनीहरू सबैको साझा नेतृत्व पराजुलीले गर्न सक्ने बताउँदै चुनावी अभियानमा लागेका छन् ।