इटहरी । सुनसरीको सबैभन्दा बढी विद्यार्थी भएको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापतिमा नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका सहदेव काफ्ले निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मत परिणाम सोमबार साँझ आएको हो ।
अन्तिम मतपरिणामअनुसार काफ्ले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भए । काफ्लेलाई समाजवादी विद्यार्थी युनियनको साथ थियो ।
उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा ९सम्राट० ले २८५ मत प्राप्त गरेका थिए ।