कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र रेडक्रस सोसाईटीको सहकार्यमा प्रदेश स्तरीय विपद प्रतिकार्य संयुक्त अभ्यास सम्पन्न भएको छ ।
सप्तकोशी नदीमा आज बिहान भएको संयुक्त अभ्यासमा बाढीको समयमा हुन सक्ने मानविय जोखिम न्युनिकरण तथा उद्धार सम्बन्धी अभ्यासहरु भएका थिए । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अभ्यास कार्यक्रममा प्रदेशका सुरक्षा निकायका प्रमुखहरु, मोरङ , सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत संचारकर्मीहरु र स्थानीयवासीहरु समेत गरी करिव ३०० जनाले अभ्यासको अवलोकन गरेका थिए ।