इटहरी । केही दिनयता बढेको अत्यधिक गर्मी तत्काल घट्ने सम्भावना नभएपछि इटहरीमा सञ्चालित विद्यालयहरूमा दिइएको विदा फेरि थप गरिएको छ ।
अत्यधिक गर्मीका कारण विद्यालयहरूमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले जेठ २५ र २६ गते दुई दिन विदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
यसअघि जेठ २१ गतेदेखि २४ गतेसम्मका लागि विदा उपमहानगर क्षेत्रका विद्यालयहरूमा विदा दिइएको थियो ।
वर्षे विदाबाट कट्टा गर्ने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।