इटहरी । विराटनगर महानगरपालिका १० भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
को २ ह ८०५१ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भइ पल्टिँदा घाइते भएका सिटी सफारी चालक पथरीशनिश्चरे नगरपालिका ७ का ६० वर्षीय रामबहादुर लिम्बूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।