मोरङ । मोरङको बेलबारी नगरपालिकामा चट्याङमा परेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।
चट्याङ परेर बेलबारी ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको हो ।
सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भइरहेको छ ।