Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

धरानको हरियाली आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण

खबरबिट by खबरबिट
16/06/2021
in समाचार
0
धरानको हरियाली आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण
9
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter

धरान । गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएको छ ।

हरियाली आइशोलेसन सेन्टर परिषरमा मंगलबार एक संक्षिप्त कार्यक्रम आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहमा उपमहानगरपालिकाले २५ शैयाको आईशोलेसन सेन्टर सञ्चालन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ सुनसरीको समेत समन्वय रहेको छ । मेयर तिलक राईले कोभिड १९ संक्रमित विरामी राख्नका लागि हरियालीमा आईशोलेसन सेन्टर सञ्चालन गरिएको बताएका छन् । मेयर राईले कोरोनासँग लड्न साथ सहयोगको भावना जरुरी रहेको बताउँदै गत वर्षको तुलनामा यसवर्ष मानिसहरुमा डर त्रास कम भएको बताए । “पोहोर हरियालीमा आइशोलेसन सेन्टर बनाउँदा निक्कै ठूलो छलफल गर्नुपर्यो, दुई, चार पटक आएर छलफल गरेपछि घेराबार लगाएर आईशोलेसन सेन्टर बनायौं,’ उनले भने, ‘त्यसताका हामी पनि आतंकीत थियौं, संक्रमित विरामीले केही पो गर्ला कि भनेर हरेक कोठामा सिसि क्यामेरा राखेका थिएउ, अहिले त्यस्तो छैन, सिसि क्यामेरा अहिले बाहिर राखिएको छ ।’

धरानको आईशोलेसन सेन्टरलाई गोर्खा सेमेट्री ट्रस्ट हङकङले अत्यन्तै महत्वपूर्ण सामग्री सहयोग गरेको भन्दै मेयर राईले धन्यवाद प्रकट गरे । अहिले धरान उपमहानगरपालिकामा कोभिड १९ सम्बन्धी सम्पूर्ण कुराहरुमा सबैको सहकार्यमा रहेको जानकारी दिए । साथै, मेयर राईले वीपी प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पताल बाहिर विरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिएको र हस्तान्तरण गर्न बाँकी रहेको समेत जानकारी गराए । उपमहानगरपालिकाको संयोजनमा ३२ लाखमा निर्माण गरिएको कुरुवा घर हस्तान्तरण गर्ने तयारी भइरहेको मेयर राईले बताए ।

नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर देशभरका विभिन्न अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा पोर्टेवल भेन्टिलेटर वितरण गरिएको जानकारी दिए । गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको सुनाउँदै अध्यक्ष राईले आवश्यक परेका अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा गोर्खा सेमेट्री ट्रष्ट नेपालले आफै वितरण गर्न थालेको बताए । शोही अभियान अन्तर्गत धरानको आईशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

यसैगरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरान उपमहानगरपालिका र पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालन भएको आइशोलेसन सेन्टरमा उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको मेयर राईलाई धन्यवाद दिएका छन् । कोभिड १९ को दोश्रो लहरसँग जुध्नका लागि गोर्खा सेमेट्री ट्रस्ट हङकङले आईशोलेशन सेन्टरलाई भेन्टिलेटर सहयोग गरेको बताउँदै प्रशंसा गरे ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बु, वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र), वडा नं. २ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

Tags: गोर्खा सेमेट्री ट्रस्टधरानभेन्टिलेटरहरियाली आइशोलेसन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सुनसरीमा २२३ सञ्चारकर्मीले लगाए कोरोनाविरुद्धको खोप

सुनसरीमा २२३ सञ्चारकर्मीले लगाए कोरोनाविरुद्धको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.