Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

धरानका कृषकहरुलाई कालो बंगुरका पाठा/पाठी उपहार

खबरबिट by खबरबिट
18/06/2021
in समाचार
0
धरानका कृषकहरुलाई कालो बंगुरका पाठा/पाठी उपहार
10
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

धरान । धरान उपमहानगरपालिकाले शुक्रबार कृषकहरुलाई कालो बंगुरको पाठा/पाठी वितरण गरेको छ । २५ जना कृषकहरुलाई प्रति व्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठा/पाठी वितरण गरेको हो ।

धरान १३ स्थित कृषि उपज बजारमा शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठा/पाठी वितरण गरेका थिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिँदै बंगुरको पाठा÷पाठी लगेर मास्न नहुने बताए । कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने समेत उनको भनाइ थियो । बेला बेलामा कृषि शाखाका प्राविधिकहरुलाई बोलाएर परामर्श लिन पनि मेयर राईले आग्रह गरे । ‘धरान उपमहानगरपालिकाले अनुगमन पनि गर्छ । हप्ता दिनमा, महिना दिनमा,’ उनले भने, ‘अनुगमनमा हामिले दिएको बंगुरको पाठा/पाठी खोरमा भेटेनौं भने तपाइहरुलाई कारबाही पनि हुन्छ । जरिवाना पनि हुन्छ ।’

हरेक किसानले राज्यबाट अनुदान लिएपछि आफ्नो वरिपरिको छिमेकीहरुलाई प्राविधिक ज्ञान सीपहरु हस्तान्तरण गर्नुपर्ने मेयर राईको भनाई थियो । ‘किसानहरु सहिढंगबाट हिँड्नसक्यो भने स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले आवश्यक परेको खण्डमा अनुदान दिन सक्छ,’ मेयर राईले बताए ।

मेयर राईले पशुपालनबाट फाईदा लिन सकिने बताउँदै धरान उपमहानगरपालिकाले कालो बंगुरलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको बताए । यसवर्ष कृषकहरुलाई इटहरीबाट बंगुरको पाठा/पाठी ल्याएर वितरण गरिएको बताउँदै अर्को वर्ष वितरण गर्दा धरानमै उत्पादन भएको बंगुरको पाठा/पाठी वितरण गर्नुपर्नेमा मेयर राईले जोड दिए ।

धरान उपमहानगरपालिकाका पशु शाखाका अनुसार यस भन्दा अघि पनि २५ जना कृषकहरुलाई एक सय वटा बंगुरको पाठा/पाठी वितरण गरिएको थियो । यस्तै, दोश्रो चरण अन्तर्गत आज धरान वडा नं. ६ चौकीडाँडा बंगुर पालन कृषक समुह, वडा नं. ४ का खैरेनीटार बंगुर पालन कृषक समुहका २५ जना कृषकलाई छनौट गरेर एक सय वटा बंगुरको पाठा/पाठी वितरण गरिएको पशु शाखाले जनाएको छ । शाखाका अनुसार पहिलो चरण अन्तर्गत पत्रंगबारी बंगुर पालन कृषक समुहका छुटेका ५ जना कृषकलाई पनि आज बंगुरको पाठा/पाठी वितरण गरिएका छ ।

Tags: कृषककृषिधरानधरान उपमहानगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
गरिबी उत्थान समुहले ५० प्रतिशत अनुदानमा वितरण गर्‍यो उन्नत जातको धानको बीउ

गरिबी उत्थान समुहले ५० प्रतिशत अनुदानमा वितरण गर्‍यो उन्नत जातको धानको बीउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.