सुनसरी । धरान ११ सयपत्री चौक स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार राति प्रतिबन्धित औषधीसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय मुकेश कार्की रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रतिबन्धित औषधी अपोट्याब दुई हजार ट्याब्लेट, स्पास्मो एक हजार २३० ट्याब्लेट र फोक्सिबोन २५० क्याप्सुलसहित पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।