रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार नगरस्तरीय स्काउट तदर्थ समिति गठन गरिएको छ ।
जिल्ला स्काउट कार्यालय सुनसरीले बुधबार समिति गठन गरी नगर प्रमुख जयप्रकाश चौधरीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
मोहन विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा जगन बजगाईँ, सुमन रेग्मी, प्रताप राजा शाही, अमृता वि.क, कल्पना कार्की, लालबहादुर चौधरी, पुस्पा कटुवाल र राजेन्द्र खनाल रहेका छन् ।
जिल्ला समन्वय आयुक्त लक्ष्मण राईको रोहबरमा समिति गठन गरिएको हो ।