रामधुनी । सुनसरीको इटहरी उपमहानगरपालिका ५ बाट ठूलो परिमाणको लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् ।
उक्त स्थानमा लागुऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका ५ का २२ वर्षीय मनिर उदिम मिया र इनरुवा नगरपालिका ३ का ५७ वर्षीय नारायणप्रसाद सिवाकोटी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषध नाइट्रोजन एक हजार ट्याव्लेट, २ थान मोवाइल र नगद ४० हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।