बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को कार्यालयले आफ्नो वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल वितरण गरेको छ ।
बुधबार महिला स्वस्थ्य स्वयम्सेविकाहरुलाई स्वास्थ सम्बन्धि गतिविधि गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले साइकल वितरण गरेको वडाध्यक्ष राजु अधिकारीले बताए ।
वडा सचिव आशा खड्काका अनुसार गत आर्थिक वर्ष २०७७/७८ सालको वडाको बैठक बाटनै निर्णय गरि ११ जना महिला स्वास्थ स्वयय्सेविकाहरुलाई एक एक वटाको दरले साइकल हस्तान्तरण गरेको बताएइन् । यस कार्यले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई काम गर्न र समुदायमा जान थप मनोबल वृद्धि हुने उनको भनाइ छ ।