मोरङ । मोरङको बेलबारीका छट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।
शुक्रबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनि खुलाई दिए पश्चात तत्काल प्रहरी टोली खटि गई दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।