Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

‘इतिहासमा इटहरी’ पुस्तक विमोचित

खबरबिट by खबरबिट
18/08/2021
in FEATURE 2, समाचार
0
‘इतिहासमा इटहरी’ पुस्तक विमोचित
131
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितिमा विमोचन गरिएको हो ।

इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

तीन सय ३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न विषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ । वर्तमान अवस्थाका साथै इटहरीको भावि सम्भावनाहरुसमेत पुस्तकले उजागर गरेको छ ।

कार्यक्रमका अवसरमा इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने तीन जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अग्रज पत्रकार कृष्णविनोद लम्साल, अग्रज पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसी सम्मानित भएका छन् । तीनै जना इटहरीको इतिहासलाई खोज गरी उजागर गर्ने कार्यमा लामो समयदेखि सक्रिय छन् ।

विमोचन कार्यक्रममा बोल्दै पूर्वमन्त्री कुमार सुब्बाले पुस्तकले भविष्यको लागि अझ दायित्व थपेको बताए । उनले अझ परिस्कृत गर्दै आगामी संस्करण प्रकाशन गर्न सुझाव दिए । उनले इटहरीको ऐतिहासिक घटनाबारे समेत बताएका थिए ।

यस्तै, प्रदेश सांसद सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूर्ण पुस्तक प्रकाशन भएको र यसले धेरै विषय समेटेको बताउँदै कुनै विषय छुटेका भए पुनर्लेखन गरेर समेट्न सुझाव दिए ।

यस्तै, इटहरीका मेयर द्वारिकलाल चौधरीले पुस्तक प्रकाशन हुनु ऐतिहासिक उपलब्धी भएको बताए । इटहरी बन्नमा सबैको योगदान रहेको किताबमा समेटिएको बताउँदै उनले इटहरीका विभिन्न स्थानहरुको नामाकरणबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेप्ली मिडिया प्रालिका निर्देशक, पुस्तकका संकलक तथा सम्पादक हिमाल दाहालले पाँच वर्षको तयारीमा पुस्तक प्रकाशन भएको बताए । उनका अनुसार एक संस्था वा व्यक्तिबाट उक्त पुस्तक तयार हुन नसक्ने र धेरै जनाको संस्मरण रहेको छ ।

Tags: इटहरीइतिहासमा इटहरीपुस्तक विमोचन

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
अर्बिन एण्ड ब्रदर्श अटो धरानको सेवा अब आफ्नै भवनबाट

अर्बिन एण्ड ब्रदर्श अटो धरानको सेवा अब आफ्नै भवनबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.