भोजपुर । भोजपुर षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्म हत्या गरेका छन् ।
शनिबार बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीय ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरेका थिए । हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए ।
घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाउन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भइसकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जानकारी गराएका हुन् ।
घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।