रामधुनी । सुनसरीको रामधुनी ६ मा बिहीबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
रामधुनी कान्छिचौक चतरा सडकखण्डको सुनसरी खोला शुक्रबार राति ११ः५० मा पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछाडी सवार घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेको र पछाडी सवार सोही स्थानका २१ वर्षीय निरज राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । गत राति १२ बजे उत्तर तर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाइते भई उपचारको लागि विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।
उपचारको क्रममा रितिकको शुक्रबार (आज) बिहान ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । अर्का घाइते निरजलाई थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ ।
दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।