बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बाट प्रहरीले अवैध औषधिसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र २ बस्ने २५ वर्षीय तिर्थराज लुइँटेल, बराहक्षेत्र ३ बस्ने २२ वर्षीय जोसन राई र बराहक्षेत्र ४ बस्ने २५ वर्षीय सुनिल गिरी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ११ बजे तीन जनालाई गफ गरिरहेको अवस्थामा फेला पारी शंका लागेर चेक गर्ने क्रममा तीर्थराज लुइँटेलको साथबाट ट्र्यामाडोल नामक औषधि १९५ ट्याब्लेट र स्पास्पेन औषधि ३६ टयाबलेट र जोसन राईको साथबाट ट्र्यामाडोल औषधि १९० ट्याब्लेट सहित एउटा मोबाईल फोन र सुनिल गिरीको साथबाट एउटा मोबाइल बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सोधपुछ गर्दा सो औषधि लुइँटेल र राईले गिरीबाट खरिद गरेको बताएका छन् । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि औषधि विभाग कार्यालय विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पाण्डब राजवंशीले बताए ।