रामधुनी । सुनसरीको रामधुनी नगरपालिका झुम्कामा साँस्कृतिक कार्यक्रम तथा जितिया उत्सव हुने भएको छ ।
थारु समुदायको महान पर्व जितियालाई लक्षित गर्दै यही असोज १३ गते बुधबारका दिन झुम्का बजारमा जितिया उत्सव तथा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
आइतबार भएको पत्रकार सम्मेलनमा थारु चलचित्र तथा साँस्कृतिक संघका अध्यक्ष जानकी चौधरीले थारु समुदायले परापुर्वक कालदेखि जितियालाई हर्ष उल्लास साथ मनाउदै आईरहेको र प्रदेश १ मा थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीले पहिलो पटक जितिया उत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको चौधरीले बताइन् ।
चार्डपर्व, परम्परा र संस्कृति समुदायको पहिचान भएकाले कोरोना भाइरस कारणले गतसाल मनाउन नपाए पनि यस वर्ष भव्य रुपमा मनाउन लागेको बताएकी छिन् । थारु साँस्कृतिक कार्यक्रममा थारु सांस्कृतिक लोक नृत्य, झाँकी, धुमरा नाच लगायत चर्चित गायकरगायिकाको प्रस्तुति रहने आयोजकले जनाएकाे छ ।
पत्रकार सम्मेलन कार्यक्रममा थारु चलचित्रका महानायक परशुराम चौधरी, निर्माता रेनु चौधरी, थारु जागरण अभियान सुनसरीका तारादेवी चौधरी लगायत थारु चलचित्रकर्मी, पत्रकारको उपस्थिति रहेको थियो ।