Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

थारु समुदायको जितिया पर्व सुरु, धुमधामका साथ मनाउँदै

खबरबिट by खबरबिट
28/09/2021
in FEATURE, मुख्य समाचार, स्थानीय
0
थारु भाषाको ‘हे जितिया महान’ गीत सार्वजनिक (भिडियाेसहित)
19
SHARES
469
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । थारु समुदायमा आजबाट जितिया पर्वको सुरु भएको छ । सुरवातसंगै रौनक पनि गाउँघर तिर थपिएको छ । लगातार तीन दिनसम्म मनाउने जितिया पूर्वी तथा मध्य नेपालका प्रदेश १ र २ का थारु बाहुल्यता रहेका क्षेत्रमा धुमधामका साथले मनाउने गरिन्छ । पूर्वका जिल्लामा करिब ६ लाख थारु समुदायको जनसंख्या रहेको छ । मधेसी समुदायले पनि आत्मियताका साथ जितिया पर्वलाई मनाउने गर्दछ ।

नेपाली नारीहरुले मनाउने तिज जस्तै थारु समुदायका महिलाले मनाउने जितिया पर्व मनाउने गर्दछन् । महिला दिदीबहिनीले निराहार व्रत वसी तीन दिनसम्म श्रद्धा पुर्वक मनाउँछन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

जितियाको पहिलो दिन लाइह बाट सुरु हुन्छ । भगवान जितमहानको नाममा ब्रत आरम्भ हुने गर्दछ, यो पर्व आश्विन सप्तमी तिथिका दिन (लाइह) अष्ठमी तिथिका दिन (उपवास) र नवमी तिथिका दिन पारण गरिन्छ ।

पहिलो दिन (लाइह) नदि, तलाउ, पोखरी, कुण्डमा विधिवत स्नान गरी चिल र स्यालको नाममा घेरौलाको पातमा तेल, पिना, माटो, फुल आदि चढाइन्छ । ब्रतालुहरुले इष्टदेवलाई जलार्पण समेत गर्ने प्रचलन रहेको छ । त्यस दिनको राति सुर्योदय पूर्व स्नान गरी विधिवत ओठघन (दर खाने) खाने गरिन्छ ।

सुर्योदय पश्चात उपवास सुरु हुन्छ । उपवासको दिन ब्रतालु महिलाहरु अन्न, जल नखाई बस्छन् । त्यसको भोली पल्ट स्नान गरी विधिवत पारण गरिन्छ । पारणमा पाँच वटा अक्षत्त, केराउ र तुलसी निल्ने गरिन्छ र तत्पश्चात अन्न ग्रहण गरि व्रत समाप्त हुन्छ ।

No description available.

थारु जागरण अभियान सुनसरीका अध्यक्ष तथा थारु कल्याणकारी सभाका जिल्ला कोषाध्यक्ष तारादेवी चौधरीका अनुसार थारु समुदायमा जितिया पर्वको बेग्लै महत्व रहेको छ । विवाहित महिलाहरुले खर दिनको जितिया ब्रत अनुष्ठान गरी निरन्तर जितिया ब्रत बस्ने गरिन्छ । खर दिन भन्नाले शनिबारको दिन लाई, आईतबारको दिन उपवास र सोमबारको दिन पारन पर्ने तिथि हुनुपर्दछ । जसलाई सुइध लागेको जितिया पर्व भनिन्छ, यसका साथै माईतबाट दाजु भाई लिन आउने र बहिनीले तेलपौर रोटीको कोशेली लिएर माइत जाने परम्परा अझ कायम छ ।

नवविवाहित चेलीले नाग पंचमी लागेपछि माइतीबाट लिन आउने र आएकी चेली समाचकेवा खेलेर मात्र घर पुर्याउने चलन पनि रहि आएको छ । जितिया पर्व पारिवारिक सुखशान्ति ,निस्सन्तान दम्पतीका लागि सन्तान प्राप्ति, सन्तानको दीर्घायुका लागि पर्वको मुख्य विशेषता रहेको छ ।

No description available.

अर्का चर्चित तथा उदयमान गायक सुनिल चौधरीको भनाई अनुसार जितिया पर्व पहिले गाउँघरमै मात्र समिति हुन्थ्यो । कथा लगायत जितिया गीत गाउँमै मात्रै सुन्न पाईन्थ्यो तर हाल समयको परिवर्तन संगै गाउँ तथा बजार एरियामा विभिन्न जितिया महोत्वसव,कार्यक्रम हुने गर्दछ । उनले जितिया पर्वको महत्त्व दर्शाउन मैले थुप्रै थारु जितिया गीत संगितमा शब्द र स्वर समेत दिएका छन् । जातजातिको पहिचान भनेको कला, संस्कृति, गित, संगित नै हो । त्यसैले यस्ता पर्वलाई जीवन्त राख्न गित संगितले पनि अहम भूमिका खेलेको गायक चौधरी बताउँछन् ।

पर्वको अर्को महत्वपूर्ण पाटो हो, जितमहान कथा नव विवाहितले पहिलो पटक जितिया ब्रत बस्दा जितमहानको कथा सुन्नु अनिवार्य रहन्छ । थारु समुदाय कला संस्कृति र चार्डपर्वमा निकै धनी मानिन्छ । भावि पुस्तामा हस्तान्तरणका गर्न साथै अस्तित्व र पहिचान कायम राख्न सिकाई अति आवश्यकता रहेको छ । कला संस्कृति संस्कार र भेषभुषा नै जातजातिको गहना हो ।

 

Tags: जितियाजितिया पर्वथारु समुदायरामधुनीसुनसरी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
चतरा नकाउट फुटबल : एभरेस्ट फुटबल क्लब नडाहा सेमिफाइनमा प्रवेश

चतरा नकाउट फुटबल : एभरेस्ट फुटबल क्लब नडाहा सेमिफाइनमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.