रामधुनी । सुनसरीको रामधुनी ६ बक्लौरीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु भएको छ । सोमबार दिउँसो करिब ३ बजे ट्याक्टर ब्याक गर्ने क्रममा एक वृद्धलाई ठक्कर दिएको थियो ।
प्रदेश १ ०२ ००३ त ०६३० नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिँदा रामधुनी ६ का ७० वर्षीय नेहरी सदाकाे मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पकलीको अनुसार दिउँसो ठक्कर दिएपछि घाइते भएका उनलाई स्थानीय मेडकलमा उपचार गरी घर लगिएको थियो ।
साँझमा समस्या देखिएपछि थप उपचारका लागि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिस्थान धरानमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बक्लौरीका आशिष विक र ट्याक्टर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।