उदयपुरको बेलका नगरपालिकाले पहिलो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले नगर सभाबाटनै ४४ महिनाको १५ गते सबै शाखा वडा कार्यालयले ४ महिना भित्र गरेको काम र काम गर्न आइपरेको समस्या र चुनौती लगायत बिषयमा समिक्षा गरि सरोकारवाला अगाडि सार्वजनिक गरेको हो ।
बेलका नगरपालिका परिचय दिँदै प्रशासन योजना तथा अनुगमन शाखाका अधिकृत उत्तम ढकालले ४ महिना भित्र भएका कामको बारेमा सरोकारवाला सामु प्रस्तुत गरेका थिए । जिन्सी शाखा, आर्थिक प्रशासन शाखा, पशुपन्छी तथा मत्सय विकास शाखा, कृषि विकास शाखा, उद्यमी शाखा, शिक्षा शाखा, खेलकुद शाखा, स्वास्थ शाखा, पञ्जीकरण शाखा सुरक्षित नागरिक शाखा सामाजिक विकास शाखा, सामुदायिक वन शाखा र वडाहरुले ४ महिनामा गरेको कामहरु समेत प्रस्तुत गरिएको बेलका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए ।
नगरपालिकाले वार्षिक कार्यक्रमको सबै तालिका भए अनुसार सार्वजनिक सुनुवाइ गरेको निरौलाले बताए । कुन शाखा र कुन वडाले कति काम गरेको छ भन्ने जानकारी सबै नगरवासी र सरोकारवालाहरुलाई थाहा दिन कार्यक्रम गरेको उनको भनाई छ ।
कार्यक्रममा विभिन्न शाखा र वडाहरुले आफ्नो प्रगति बिवरण प्रस्तुत गरेको थिए । सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुलाई प्रमुख प्रशासकीय अधिकृत निरौला, उपप्रमुम नगर प्रमुख दुर्गा थापाले हल गरेका थिए ।
नगरपालिकामा आएका सेवाग्राहीहरुलाई सहजीकरण गर्ने सुशासनका हिमायती नामक संस्थाले सोधेको ५० वटा प्रश्नमा सबै सेवाग्राहीहरुले राम्रो सेवा पाएको बताएका छन् । वडामा भने वडा अध्यक्ष धेरै समय नबस्ने भएकोले गर्दा वडाबाट अलिक सेवा लिन धाउन परेको भन्ने गुनासो आएको संस्थाले जनाएको छ ।
कार्यक्रम नगर प्रमुख थापाको सभापतितवमामा नगरको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।