उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ ,मोतिगडामा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार बेलुका साढे ६ बजे मल्लिक र उनकी श्रीमती पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्टसहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका थिए । अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।