उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ देउखुरी स्थितमा करेन्ट लागेर एकजना बृद्धको मृत्यु भएको छ ।
सोमबार बिहान पौने ५ बजे स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाइघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।