इटहरी । इटहरी डेलिभरी सर्भिसले खुला रक्तदान कार्यक्रम आयोजना गरी दास्रो वार्षिक उत्सव मनाएको छ । दास्रो वार्षिक उत्सव तथा स्व.आशिष घिमिरेको सम्झनामाको उपलक्ष्यमा मंगलबार इटहरीमा कार्यक्रम आयोजना गरेको हो ।
अधिकांश युवाहरुको सहभागिता रहेको सो रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ । इटहरीको विभिन्न संघ संस्थाहरुको सामुहिक प्रयासमा गरिएको कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंः ६ को कार्यवहाक वडा अध्यक्ष दिनेश प्रधानले हालको समयमा भइरहेको रक्त संकलन समस्यालाइ मध्य नजर गर्दे आयोजना गरिएको कार्यक्रमले सिंगो समाजलाइ लाभ हुने कार्यक्रम गरिएकोमा खुसी व्यक्त गरेका छन् ।
आयोजकले समाजको हालको समयलाई न्यूनीकरण गर्न र समाजप्रतिको उत्तरदायित्व पुरा गर्न रक्तदान कार्यक्रम गरिएको जनाएको छ ।
इटहरी डेलिभरी सर्भिसको, युवा विकास केन्द्र, एक जुट युवा क्लवको आयोजना र रिलाएबल फुड एण्ड बेभरेज प्रा.लि., प्रिमियर ग्लोवल स्कुल, इम्पेरियल कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट, पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन, हुन्छ डिजिटल एजेन्सि, ३६५ इभेन्ट प्लान, इटहरी ग्रिन सिटि लियो क्लव, लियो क्लव अफ इटहरी इनोभेसन, लियो क्लव अफ इटहरी इनोभेसन, लियो क्लव अफ इटहरी मनकामना, रोट्रयाक्ट क्लव अफ इटहरी, रोट्रयाक्ट क्लव अफ सुनदर हरैचा, कलालय इटहरीको सहयोगमा वृहत रक्तदान कार्यक्रम गरिएको हो ।