मोरङ । मोरङ क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील शर्मालाई जिताउनका लागि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवार डा. शर्मासहितका उम्मेदवारलाई जिताउन संयुक्त विज्ञप्ति जारी गरिएको बताइएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा डा. शर्माले प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशकुमार खड्का, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक खेमराज भट्टराई (दीपक) र नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य चण्डीप्रसाद राईले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
जसका लागि नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्यूरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको छ ।
‘संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका निम्ति नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न शीर्ष नेताहरूबीच आ–आफ्नो पक्षहरूबीच व्यापक जनपरिचालन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।