नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।
यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महशुस भएको थियो।